Chhadera Kaam Sara by Shishir Yogi

1,614 views


English Content

Rhythm :

Root Chord :

 Download PDF

छाडेर काम सारा एक काम रोजी रहेछु
यो देशमा मा एउटा मानिस खोजी रहेछु
भेटे कहीं बताए हे राष्ट्र का बटोही
रक्षार्थ जन्मिएका छन् की सपुत कोहि
यो प्रश्न ख्याल राखी
सबलाई सोधी रहेछु
यो देशमा म एउटा मानिस खोजि रहेछु

आमा यदि नबाचे कसको पियार पिउने
कुन काखमा रमाउने कसका निमित्त जिउने

मुर्छित मातृभूमि को प्राण हरण मा
यो बिष को घडा जो पिउनेछ विरण मा
त्यस्ता परम प्रतापी त्यस्ता अजेय नायक
अवतर भएर मानौ भुभार हर्नालायक
मा त्यहि महान मानब को मार्ग खोपी रहेछु
मा त्यहि महान मानब को मार्ग खोपी रहेछु
यो देशमा मा एउटा मानिस खोजि रहेछु

यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने
होला कुनै त बाटो जोडेर साथ लाने

पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै सरि अरुको जो बुझ्छा भित्रि मर्म
संचेतना जागे यो देश माथि लाने
आशा र उन्नतिको दृस्टी दिएर जाने
मा त्यहि नया भविस्य को बीज रोपी रहेछु
मा त्यहि नया भविस्य को बीज रोपी रहेछु
यो देशमा मा एउटा मानिस खोजि रहेछु